काठमाडौं। माथिल्लो मिदिम खोला जलविद्युत आयोजनाको काम ४० प्रतिशत पूरा भएको छ। लमजुङस्थित मिदिम खोलामा निर्माणाधीन ७.५ मेगावाटको यस आयोजनाको काम ४० प्रतिशत पूरा भएको हो।
भुजुङ हाइड्रो पावर कम्पनीले आगामी ८ महिनामा विद्युत उत्पादन सुरु गर्ने गरी निर्माण कार्य गरिरहेको छ।
अहिले आयोजनाको विद्युतगृह र पाइप लाइनको काम एकसाथ अघि बढेको कम्पनीले जनाएको छ। आयोजनाका लागि ३ हजार ७ सय ३५ मिटर लामो पाइ पलाइन निर्माण हुनेछ ।
आयोजनाको सबै काम पूरा गरी २०७९ साउनभित्र विद्युत उत्पादन सुरु गर्ने तालिका रहेको कम्पनीले जनाएको छ। नेपाल विद्युत् प्राधिकरणले आयोजनाका लागि २०७८ साउनमा विद्युत् उत्पादन सुरु गर्ने तालिका तोकेको थियो। तर, कोरोना महामारीका कारण निर्माण प्रभावित हुँदा विद्युत् उत्पादन अवधि पनि १ वर्ष धकेलिएको हो।