काठमाडौं। काठमाडौं महानगरपालिका–३२, कोटेश्वरस्थित बागमती किनारमा मदन भण्डारी स्मृति सामुदायिक पार्क निमार्ण सम्पन्न भएको छ।
बागमती नदी किनार सौन्दर्यकरण गर्ने कार्य अन्तर्गत कोटेश्वरस्थित बागमती किनारमा नेपाल सरकारको करिब २ करोड लागतमा मदन भण्डारी स्मृति सामुदायिक पार्क निमार्ण गरिएको हो।
सामुदायिक टोल विकास समिति र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास आयोजनाको सहकार्यमा बागमती किनारमा ड्याम निमार्ण गर्ने र पार्क निमार्ण गर्दै त्यसको सौन्दर्यिकरण गर्ने कार्य अगाडि बढाइएको छ।
पार्कको उद्घाटन गर्दै पूर्व कानुनमन्त्री अग्नि खरेलले स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्ने अधिकार संवैधानिक रुपमा नै उल्लेख भएको बताए। उनले पार्क निमार्ण गर्ने र त्यसको संरक्षण गर्ने कार्य सरकारको मात्र नभएर समुदायको समेत रहने बताए।