काठमाडौं। नेपाल वायुसेवा निगमको ९–एनएकेएक्स जहाज इजरायलबाट ल्याईएको छ। इजरायलमा मर्मतसम्भार सकेर उक्त जहाज काठमाडौं ल्याइएको हो।
निगमका अनुसार उक्त जहाजको एउटा इञ्जिनमा प्राविधिक समस्या आएपछि इजरायलस्थित नियमानुसार छनोट भएको मर्मत र मर्मत सङ्गठन (एमआरओ)मा मर्मत गराइएको थियो। मर्मतपश्चात् जहाज शनिबार साँझ काठमाडौँ आइपुगेको हो।
“मर्मतका क्रममा आवश्यक प्राविधिक जाँच पड्ताल गर्दा अन्य प्राविधिक समस्याहरुका अतिरिक्त इञ्जिनभित्रको ३१ वटा ब्लेड पुरै फेर्नुपर्ने देखिएको र एमआरओ तथा निगमका सम्बन्धित इञ्जिनियरहरु एवं प्राविधिकहरुको प्रतिवेदनअनुसार बजारमा सोसँग सम्बन्धित पार्टपुर्जाको अभाव भएकाले मर्मतसम्भार कार्यमा केही ढिलाइ हुन पुगेको हो”, प्रवक्ता रमेश पौडेलद्वारा हिजो जारी विज्ञप्तिमा जनाइएको छ।