तनहुँ। तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की नालासहित कालोपत्र गर्न शुरु गरेको छ। आयोजना निर्माणका लागि बिकेएचटिडिसिएल–एसिपिएल जेभी काठमाण्डौले टेन्डर प्रक्रिया पूरा गरी निर्माण शुरु गरेको हो।
पराशर मार्गअन्तर्गत पर्ने (बुल्दीखोला, घाँसीकुवा बेल्टारी, अँधेरी भञ्ज्याङ, पोख्रेलफाँट, कुमाल गाउँ, समता विद्यालय, नराङ हुँदै कलेस्ती) १० किलोमिटर कालोपत्र गरिनेछ ।
विश्व बैंकको अनुदान सहयोगमा व्यास–७, ९, १० र ११ गरी चार वडालाई जोड्ने गरी चक्रपथ निर्माण हुन लागेको नगरपालिकाले जनाएको छ।