चितवन। वंग्याङ खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। चितवनको इच्छाकामना गाउँपालिकाको वंग्याङ खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको हो।
गाउँपालिका र दातृ संस्थाको लगानीमा ७२ मिटर लामो पुल निर्माण भएको हो।
पुलले इच्छाकामना–१ को थाप्राङ–तिपाङलाई जोडेको छ।
पुल निर्माणपश्चात् स्थानीयलाई बाह्रै महिना आवतजावत गर्न सजिलो हुने भएको छ। चेपाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा पुल निर्माणपछि जनजीवन सहज भएको छ।