काठमाडौं। काठमाडौंबाट रामेछाप उडेको सिता एयरको जहाजमा हाइड्रोलिक समस्या आएको छ। आज बिहान काठमाडौंबाट रामेछापका लागि उडेको सीताको ९०६ उडान नम्बरको जहाजमा समस्या भएको हो।
समस्या आएपछि पुनः काठमाडौं फर्काएर आकस्मिक अवतरण गर्नु परेको छ। अवतरणपछि धावनमार्गमा रोकिएको जहाजलाई तानेर पार्किङसम्म पुर्याइएको छ।