काठमाडौं। सगरमाथा आरोहणका लागि चौथो शिविरसम्म डोरी टाँग्ने ‘रोपफिक्सिङ’ को काम सम्पन्न भएको छ।
सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि ‘रोपफिक्सिङ’ को काम चौथो शिविरसम्म सम्पन्न भएको हो।
मौसमले साथ दिए वैशाख २८ गते देखि सगरमाथा आरोहण हुने पर्यटन विभागको अनुमान छ ।
विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखा निर्देशक राकेश गुरुङका अनुसार मौसमले साथ दिए रोपफिक्सिङ टोली केही दिनमै चुचुरोसम्म पुगेर डोरी टाँग्नेछन् र वैशाखको २८ देखि आरोहण सुरु हुनेछ छ । यसअघि आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाईसकेको थियो ।