बागलुङ। भकुण्डेलाई तित्याङसँग जोड्ने रिठेखोलामाथि पक्की पुल निर्माण गरिएको छ। दुई करोड लागतमा २६ मिटर लामो र ६ दशमलव ६ मिटर चौडा पक्कि पुल निर्माण सम्पन्न भएको हो ।
रिठेखोला–सिमलपाटा–आरुपाटा सडक खण्डमा निर्माण भएको पुलले बागलुङ नगरपालिका–९ तित्याङ र बागलुङ नगरपालिका–१० भकुण्डेलाई जोड्दछ । पुल निर्माण भएपछि भकुण्डे हुँदै रायडाँडा पुग्ने यात्रुलाई सहज हुनेछ ।
भकुण्डे पुग्ने सडक स्तरोन्नति नहुँदा र रिठेखोलामा पुल नबन्दा यात्रु र पर्यटक दुवैलाई असहज हुँदै आएकोमा पुल बनेपछि सहज बनेको बागलुङ नगरपालिकाले जनाएको छ।