बागलुङ। बागलुङ नगरपालिकाको तित्याङ–भकुण्डे सडक कालोपत्र गरिने भएको छ। बागलुङ बजारको अदालत चौपारीदेखि गौँडाकोट, तित्याङ हुँदै भकुण्डे पुग्ने सडक स्तरोन्नतिसँगै कालोपत्र गर्न लागिएको हो।
२०६० मा जनताले चन्दा उठाएर ट्रयाक खोलिएको सडक २० वर्षपछि कालोपत्रका लागि निर्माण व्यवसायी छनोट भएर गर्न सुरु गरिएकाे छ।
बागलुङ बजारदेखि तित्याङ–भकुण्डे हुँदै रायडाँडाको सिमानासम्म १५ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का सम्झौता भएर निर्माण व्यवसायी काममा आएको छ।
२०८० चैत १६ गते दुई वर्षमा स्तरोन्नतिसहित कालोपत्र सम्पन्न गर्ने गरी विडारी निर्माण सेवासँग सम्झौता भइसकेको छ। १५ किलोमिटर सडक निर्माणका लागि ३१ करोड ९६ लाख ३५ हजार रुपैयाँमा उक्त सडक कालोपत्र गर्न सम्झौता भएको छ।