काठमाडौं। विगत चार दिनदेखि बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजबाट खुलेको छ। बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुगेर बन्द भएको विमानस्थलको सबै उडान आजबाट नियमित सुचारु भएको हो।
मौसममा सुधार आएर आज भिजिबिलिटी पुगेकाले उडान सुरु भएको विमानस्थलले जनाएको छ।
पोखरा आसपासका क्षेत्रमा डढेलो लागेको र तुवाँलोका कारण भिजिबिलिटी नपुग्दा विमानस्थल बन्द भएको जनाइएको छ ।