काठमाडौं। दार्चुलाका उच्च भेगमा सडक सुविधा पुर्याउन सरकारलाई निर्देशन दिइएको छ। बिहीबार बसेको संसदको पूर्वाधार विकास समितिले सरकारलाई दार्चुलाको उच्च भेगमा सडक पुर्याउन निर्देशन दिएको हो।
बैठकमा समितिका सभापति दीपकबहादुर सिंहले अपि हिमालको आधार क्षेत्रतर्फ जाडो महिनामा पशुपालनका लागि तल झर्ने र गर्मी चढ्दा माथि जाने नेपाली नागरिकले सडकको अभावमा भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको भन्दै यो बाध्यता हटाउनु पर्ने बताए।
यहाँ गोरेटो बाटो रहेपनि भूकम्प र त्यसपछिको प्राकृतिक विपत्तिले सडक बिग्रिएर हिड्न नसक्ने अवस्था रहेको भन्दै उनले त्यसको मर्मत गर्न समेत निर्देशन दिएका छन् ।
नेपाली नागरिकलाई आफ्नै मुलुकको बाटो हुँदै आवतजावत गर्ने वातावरण यसै वर्षभित्र बनाउन समेत सभापति सिंहले निर्देशन दिएका हुन् ।