ललितपुर। कान्ति लोकपथ बन्द भएको छ। मर्मतका क्रममा ललितपुरको काल्चेमा सडक भत्किएपछि कान्ति लोकपथ बन्द गरिएको हो।
कान्ति लोकपथ विस्तार आयोजनाले अर्को सूचना नभएसम्म यो सडक बन्द रहने जनाएको छ। भित्ता कटिङका क्रममा खसेको ढुंगाले ग्याविन वालमा क्षति भएकाले सडकमा सवारीसाधन सञ्चालन हुनसक्ने अवस्था छैन।