काठमाडौं। हिमा नदीमाथिको पुल पुनः निर्माण गर्न सुरु गरिएको छ। कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ नाग्मा र जुम्ला जिल्लाको तिला गाउँपालिका जोड्ने पुलको पुनः निर्माण सुरु भएको हो।
गुणस्तरहीन सामाग्रीको प्रयोग गरेर ढलान गर्दा चर्किएको पक्की पुल भत्काएर पुनः निर्माण गर्न थालिएको हो।
२०७९ असोजमा आएको वाढीले ढलान भइसकेको पक्की पुल बिचै भागमा चर्किएपछि यसैलाई मर्मत गर्ने वा भत्काएर पुनः निर्माण गर्ने विषयमा लामो समय छलफल भए पनि पुनः निर्माण गर्ने दवाव पछि ३६७ घन मिटर ढलान भत्काएर पुल पुनः निर्माण गर्न सुरु भएको छ ।
पुरानो ढलान पुल भत्काउँदा झन्डै ४१ टन सरिया ९रड० खेर गएको निमार्ण कम्पनीको दाबी छ । यो पुललाई पुरै भत्काएर अहिले अर्को पुल निमार्णको काम भइरहेको छ ।