तनहुँ। कोरोला– त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिका डेढगाउँसम्मको खण्डमा कालोपत्रको गरिने भएको छ। फूलादेखि डेढगाउँसम्मको चार किलोमिटर सडक कालोपत्र गर्न सम्पूर्ण तयारी पूरा भएको हो।
सडक कालोपत्रको ठेक्का पाएको सपना निर्माण सेवाले कालोपत्र गर्न धमाधम ‘बेस’ तयार गरिरहेको छ। यस खण्डमा पानीको निकासका निम्ति नालासँगै पर्खाल निर्माण पनि पूरा भएको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा उक्त मार्गको स्तरोन्नति थालिएको हो ।
नवलपुरतर्फ बौदीकाली झ्यालबास १४ दशमलव १ किलोमिटर कालोपत्र गर्न सडक स्तरोन्नति भइरहेको छ । दोस्रो चरणमा थप सात किलोमिटर कालोपत्र गर्न बहुवर्षीय ठेक्का प्रक्रिया पनि प्रारम्भ भएको बताइएको छ।