काठमाडौं। सगरमाथा आरोहण ठप्प भएको छ। खुम्बु आइसफल क्षेत्रमा बाटो भत्किएपछि बाटो ठप्प भएको हो।
सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहणको मुख्य मार्ग मानिएको खुम्बु आइसफल क्षेत्रमा शनिवार राति बाटो भत्किएको हो।
पहिलो क्याम्प नजिकैको ५९०० मिटर उचाइमा करिब १०० मिटरभन्दा बढी बाटो भत्किएपछि आरोहण कार्य रोकिएको छ। बाटो भत्किएसँगै राउन्ड ट्रिप आरोहणका लागि उकालो हिँडेका र आधार शिविर झर्ने क्रममा रहेका आरोहीहरू माथि नै रोकिएका छन्।