काठमाडौं। सिद्धार्थ राजमार्गमा निमार्णाधिन सिद्धबाबा सुरुङ हालसम्म ७८ मिटर खनिएको छ। मुख्य टनेलतर्फ कुल १ हजार १२६ मिटर सुरुङ खन्नुपर्नेमा हालसम्म ७८ मिटर खनिएको आयोजनाले जनाएकाे हाे।
सुरुङ उत्तरतर्फबाट ३२.७ मिटर र दक्षिणतर्फबाट ४५.२ मिटर खनिएको हो। बाइपास प्रथम २३ मिटर, बाइपास दोस्रो १४ मिटर र बाइपास तेस्रो १२ मिटर खनिएको आयोजनाले जनाएको छ
यस आयोजनामा बाइपासहरू क्रमशः १५१, १६१ र १३० मिटर खन्ने योजना छ । स्लोप प्रोटेक्सनतर्फ साउथ पोर्टलमा कुल २३ सय मिटर स्क्वायरमा काम गर्नुपर्ने छ । यसमध्ये ९८९ मिटर क्वायरको काम भइसकेको छ । यस आयोजनाको समग्र भौतिक प्रगति ११.३७ प्रतिशत र वित्तीय प्रगति १७.५ प्रतिशत पुगेको आयोजनाले जनाएकाे छ ।
चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) ले गरिरहेको आयोजना निर्माण कार्यमा सुरुङ खन्ने काम गत माघ ४ गतेदेखि औपचारिक रुपमा सुरु भएको थियो।