काठमाडौं। तीनदिनका लागि बन्द गरिएको जनकपुर–जयनगर रेल सेवा भोलीदेखि पुन: सञ्चालन हुने छ।
भारतमा लोकसभा चुनावका लागि नेपाल–भारत सीमा सिल हुने भएका कारण तीन दिनका लागि बन्द गरिएको भङ्गहा–जनकपुर–जयनगर रेल सेवा भोलीदेखि पुन: सञ्चालन हुनेछ।
वैशाख २३ देखि २५ गते आजसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनीले सूचना निकालेको थियो। सोही अनुसार गत आइतबारदेखि मङ्गलबारसम्म भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा पूर्णरुपमा बन्द छ।
इण्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारत दुवै पक्षतर्फको बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेल सेवा तीन दिन बन्द गरिएको हो।