संखुवासभा। तुम्लिङटारमा दुई सातापछि बुधबार उडान भएको छ। विमानस्थल वरपरको डाँडामा थुप्रिएको तुवाँलो हटेपछि उडान हिजोबाट सुरु भएको हो।
वैशाख १० पछि तुम्लिङटारको भिजिबिलिटी १ किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो।
विमानस्थल खुलेपछि बुद्ध एयरको एटीआर ७२ विमानले १६ दिनपछि उडान भरेको हो।