गुल्मी। गुल्मी–काठमाडौंको हवाई भाडा बढेको छ। हवाई इन्धनको मूल्य बढेपछि हवाईको भाडा पनि बढेको हो।
बढेको भाडा दरअनुसार अब गुल्मीबाट काठमाडौँका लागि ७ हजार ३०१ रुपैयाँ र काठमाडौँबाट गुल्मीका लागि ७ हजार ५०१ रुपैयाँ भाडा कायम भएको रेसुंगा विमानस्थलले जनाएको छ।
यसअघि गुल्मीबाट काठमाडौँका लागि ७ हजार ८० र काठमाडौँबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा रहेको थियो।