बागलुङ। कालीगण्डकी करिडोरको वैकल्पिक सडकअन्तर्गत बागलुङ–बेनी सडक केही दिन बन्द गरिएको छ। सडक विस्तार गर्ने कामका लागि बागलुङ बजारदेखि म्याग्दीको बेनी जोड्ने सडक आगामी जेठ ४ गतेसम्म बन्द गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले जेठ ४ गतेसम्मका लागि बागलुङ–बेनी सडकखण्ड बिहान १० देखि बेलुका ४ बजेसम्म बन्द हुने जानकारी दिएको छ।
उक्त सडकखण्डअन्तर्गत पर्ने पाङग्रेखोलामा सडक विस्तार तथा मर्मत कार्य भइरहेको छ। बन्द अवधिभर मालढुङ्गा–बेनी वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।