भरतपुर। भरतपुर महानगरपालिकाले पनि सडक सफा गर्न ब्रुमर (धूलो बढार्ने मेसिन) सञ्चालन गरेको छ। भरतपुरलाई स्वच्छ र हराभरा बनाउने अभियान अन्तर्गत सडक सफा गर्न ब्रुमरको प्रयोग गर्न थालिएको हो।
सडकमा ब्रुमर चलेको तस्बिरहरु सामाजिक सञ्जालमा राख्दै महानगर प्रमुख रेणु दाहालले लेखेकी छिन्–निर्माण सम्पन्न भएका सडकहरूमा महानगरले अब यसरी नै सडकको सरसफाइ लाई ध्यान दिनेछ।