चितवन। आज नारायणी नदीमाथि बन्ने नयाँ पुलको शिलान्यास गरिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज शिलान्यास गर्ने भएका हुन्।
प्रधानमन्त्री प्रचण्डले चितवनको नारायणगढ र नवलपुरको गैंडाकोट जोड्ने पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणी नदी माथि बन्ने केबलस्टेट पुलको शिलान्यास गर्न लागेका हुन् । यो पुल ४ सय २० मिटर लामो हुनेछ ।
१२ मिटर लामो फराकिलो पुलमा चार वटा पिल्लर रहने सडक विभागको पुल महाशाखाले जनाएको छ । पुल अहिलेको रहेको पुलभन्दा उत्तरतर्फ रहनेछ । नयाँ पुल अहिलेको भन्दा थप उचाइको हुने सडक विभागले जनाएको छ ।
नयाँ पुलको तल्लो भागवाट सानातिना पानी जहाज आवातजावत गर्न मिल्ने गरी डिजाइन गरिएको छ । अहिले भइरहेको पुल निकै पुरानो र जीर्ण बनेकाले नयाँ आर्कषक पुल बनाउन लागिएको हो ।
प्रधानमन्त्री प्रचण्ड आइतबार नै चितवन पुगेका छन्।