काठमाडौं। सगरमाथा आरोहणका क्रममा दुई मङ्गोलियन नागरिक सम्पर्कविहीन भएका छन्।
वसन्त ऋृतुको जारी आरोहणमा सगरमाथाको चुचुरोतर्फ लागेका मङ्गोलिन नागरिक ५३ वर्षीय युखजर्गल सिडेनडम्बा र ३१ वर्षीय प्योरभिस्रन खाग्बाजाभ सम्पर्कविहीन भएको जनाएको छ।
मौसम अनुकूलताकैबीच वैशाख ३१ गते बिहान ८ः ४५ बजे दुवै आरोही सगरमाथाको चौथो शिविरबाट चुचुरोतर्फ लागेको जनाइएको छ।