काठमाडौं। सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
नीति तथा कार्यक्रममा जयनगर–बर्दिवास रेलमार्गको बिजलपुरा–बर्दिवास खण्ड तथा बथनाहा–विराटनगर रेलमार्गको निर्माणलाई तीव्रता दिने उल्लेख गरिएको छ।
पूर्वपश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–चोचा खण्डको निर्माण आगामी वर्ष सम्पन्न गर्ने योजना छ।
त्यसैगरी केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन शीघ्र सम्पन्न गर्ने कार्यक्रममा उल्लेख गरिएको छ। रक्सौल–काठमाडौं रेलमार्गको लगानी विधि निक्र्योल गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाउने सरकारको लक्ष्य छ।