गुल्मी। गुल्मीको रिडी–तम्घास सडक स्तरोन्नति हुने भएको छ। ट्रयाक खुलेको ४३ वर्षपछि रिडी–तम्घास सडकको २५ किलोमिटर क्षेत्र विस्तार गर्न लागिएको हो।
समानान्तर इलाइट जेभीले जिम्मा पाएर विस्तार गरिरहेको सकडको हालसम्म ७० प्रतिशत सडकको कटिङको काम सकिएको छ। राजमार्गमा टाइमकार्ड लागू गरेरै भए पनि स्तरोन्नतिको कामलाई तीव्रता दिइएको निर्माण कम्पनीले जनाएको छ।
२०७९ फागुन २८ मा सडक स्तरोन्नतिका लागि सम्झौता भएको निर्माण कम्पनीले ८२ फागुन मसान्तसम्म काम सक्नुपर्नेछ । १ अर्ब ५० करोड ४८ लाख रुपैयाँ लागतमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्ने सम्झौता भएको छ ।