तनहुँ। तनहुँको दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारी खण्डमा स्तरोन्नति कार्य भइरहेको छ। व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने मार्गमा पक्की नालासहित विस्तार कार्य भइरहेको हो।
उक्त मार्गमा ९.४५२ किलोमिटर पक्की नालासहित विस्तार कार्य भइरहेको छ।
कूल एक हजार ९ सय ५० मिटर ढलान सडकमध्ये एक हजार ६ सय मिटर सम्पन्न भइसकेको छ। निर्माण कम्पनी एमएस गुल्मेश्वर।पाण्डे एण्ड कम्पनी।नयाँयुग जेभीका अनुसार चालु वर्षमा सडक ढलान कार्य सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको हो।
भ्याटसहित ३४ करोड ५८ लाख ५० हजार दुई सय ८५ रुपैयाँमा ठेक्का सम्झौता गरी निर्माण कम्पनीले काम अघि बढाएको हो।