काठमाडौं। रामेछापमा निर्माणाधीन ५७.५ मेगावाटको नुप्चे–लिखु जलविद्युत् आयोजनाको मुख्य सुरुङ पूरा भएको छ। भिजन इनर्जी एण्ड पावर लिमिटेडले निर्माण गरिरहेको आयोजनाको लिखुतर्फको १.४२६ किलोमिटर लामो मुख्य सुरुङ खनेर पुरा भएको हो।
आयोजनाको लिखुतर्फको मुख्य सुरुङ सुरुङ बुधबार (जेठ २ गते) छेडिएको कम्पनीले जनाएको छ। कूल ७.४५० किलोमिटर मध्ये अहिले लिखुतर्फको मुख्य सुरुङ पूरा भएको छ। नुप्चेतर्फको सुरुङ पनि ६ महिनाभित्र सम्पन्न गर्ने गरी काम भइरहेको बताइएको छ।
अहिलेसम्म आयोजनाको सिभिलतर्फ करिब ७० प्रतिशत निर्माण सम्पन्न भइसकेको निर्माण कम्पनीले बताएको छ । यो आयोजनाको लिखुतर्फको बाँध क्षेत्रमा करिब ९५ प्रतिशत निर्माण पूरा भएको छ ।