गुल्मी। गुल्मीको पनाहा खोलामा आएको बाढीले सडक निर्माणको सामाग्रीमा क्षति पुर्याएको छ।
बिहीबार भएको वर्षाले पनाहा खोलामा बाढी आउँदा बर्बोट भनभने–पुर्कोट सडकखण्डमा काम गर्ने निर्माण व्यवसायीका सामग्रीमा क्षति पुर्याएको हो।
बाढीले सडक विस्तारका क्रममा प्रयोग भएका एसी कन्ट्रकसन प्रालिका २ वटा टिपर, २ वटा इस्काभेटरलगायत साधन बगाएको बताइएको छ।
त्यसैगरी गुल्मीकै धुर्कोट गाउँपालिका–१ र ४ जोड्ने पनाहा खोला ठुल्दी भन्ने ठाँउमा निर्माणाधीन पुलका सामानमा पनि बाढीले क्षति पुर्याएको छ।