बागलुङ। कालीगण्डकी करिडोरको वैकल्पिक सडकअन्तर्गत बागलुङ–बेनी सडक भोलिदेखि नियमित सञ्चालनमा आउने छ।
बागलुङ बजारदेखि म्याग्दीको बेनी जोड्ने सडक विस्तार गर्ने कामका लागि बन्द रहेकामा भोलीदेखि सञ्चालनमा ल्याइने भएको हो।
आजसम्मका लागि बागलुङ–बेनी सडकखण्ड बिहान १० देखि बेलुका ४ बजेसम्म बन्द हुँदै आएको छ।
उक्त सडकखण्डअन्तर्गत पर्ने पाङग्रेखोलामा सडक विस्तार तथा मर्मत कार्य भइरहेको छ। बन्द अवधिभर मालढुङ्गा–बेनी वैकल्पिक सडक प्रयोग गरिएको छ।