काठमाडौं। सालझण्डी–ढोरपाटन सडक निर्माणको काम हालसम्म ३० प्रतिशत मात्र पूरा भएको छ। ३ वर्षमा काम सक्नुपर्ने सम्झौता भएर अघि बढेको सडक निर्माणकाे काममा ढिलासुस्तीका कारण हालसम्म ३० प्रतिशत मात्र भौतिक प्रगति भएको हो।
३ वर्षभित्र सक्नुपर्ने सम्झौता अनुसार स्वछन्द्र ओमबुद्ध जेबी कन्सक्ट्रसन निर्माण सेवाले काम गरिरहेको छ। तर विभिन्न बाहानामा ढिलासुस्ती गर्दा तोकिएको समयमा काम नसकिने भएको हो।
सडक निर्माणमा ढिलासुस्ती भएपछि ढोरपाटन नगरपालिका काबा प्रमुख धनबहादुर कायतको नेतृत्वमा गएको टोलीले आयोजना प्रमुखलाई भेटेर ज्ञापनपत्र बुझाएको छ ।सडक निर्माणको काम तत्काल गर्नुपर्ने वा ठेक्का रद्द गरी थप प्रक्रिया अगाडी बढाउनुपर्ने माग राख्दै आयोजना प्रमुख अञ्जु परियारलाई ज्ञापनपत्र बुझाइएको ढोरपाटन नगरपालिकाका कार्यपालिका सदस्य दीलिप कुमार थापाले जानकारी दिए ।