काठमाडौं। पोखरा महानगरपालिका वडा नम्बर १६ मा गण्डकी प्रदेश सरकारद्धारा सम्पन्न भएका सडक तथा पूलको उद्घाटन गरिएको छ ।
शनिबार पोखरा महानगरपालिका वडा नम्बर १६ र पूर्वाधार विकास कार्यालय कास्कीको संयुक्त आयोजनामा भएको कार्यक्रम मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भूतेखोला मोटरवेल पूल, भित्तेबजार सडक स्तरोन्नती र घुरकुना दाद्रे र्याले सडकको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री राजीव गुरुङ समेत सहभागी थिए।