कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा पक्की पुल निर्माण सुरु भएको छ। २५ करोड रुपैयाँ लागतमा मोटरेबल पक्की पुल निर्माण सुरु भएको हो।
निर्माणको ठेक्का सम्झौता भएको दुई वर्षपछि काम सुरु भएको हो। पुल निर्माणपछि छोटो बाटोबाट एक घण्टाआगावै धनगढी पुग्न सकिने भएको छ।
नदीमा बनाइएको अस्थायी पुलमा शुल्क तिरेर स्थानीय आउजाउ गर्दै आएका थिए, बर्खामा जोखिम मोल्दै नदी तर्नुपर्ने बाध्यता थियो, पुल बनेपछि त्यो समाप्त हुने बताइएको छ।