तनहुँ। तनहुँ जिल्लाको बुल्दीखोलामा पुल निर्माण गर्न सुरु गरिएको छ। व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा पुल निर्माण सुरु गरिएको हो।
व्यास नगरपालिकाको समपूरक योजनाअन्तर्गत ६ करोड ११ लाख ३ सय २४ रुपैयाँ लागतमा २५ मिटर लम्बाइ र ८.४० मिटर चौडाइको पुल निर्माण भइरहेको छ। पुलको हालसम्म २० प्रतिशत काम समेत पूरा भइसकेको छ।
ज्वालामुखी कन्स्टक्सनले निर्माण गरिरहेको पुलको काम २०८२ भदौ २२ गतेभित्र सक्नेगरी सम्झौता भइ काम तीव्र गतिमा अघि बढीरहेको आयोजनाले जनाएको छ।