काठमाडौं। बहराइनका लागि नेपाली कार्यवाहक राजदूत अरुणा घिसिङ र बहराइन एयरपोर्ट कम्पनी (बिएसी) का प्रमुख कार्यकारी अधिकृत मोहम्मद युसिफ अलबिनफालाहबीच काठमाडौं–बहराइन हवाई सम्पर्क स्थापना गर्नेबारे छलफल भएको छ।
बिएसी भवनमा आइतबार भएको भेटका क्रममा नेपालमा दर्ता भएका वायुसेवा कम्पनीद्वारा काठमाडौं मनामाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने सम्बन्धमा विस्तारमा छलफल भएको मनामास्थित नेपाली राजदूतावासले जानकारी दिएका छन्। यसैगरी भेटका क्रममा अलबिनफालाहले उक्त वायुसेवा कम्पनीलाई बहराइन आकाशमा उडानका लागि आफूले स्वागत गर्ने विज्ञप्तिमा उल्लोख गरिएको छ।