काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ कुरिनटारमा माइक्रो बस र टिपर ठोक्किँदा १३ जना घाइते भएका छन्।
मुग्लिनबाट काठमाडौँतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको बा४ख ६४१७ नम्बरको टिपर आज बिहान एकापसमा ठोक्किएर दुर्घटना भएको हो।
घाइते दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो ।