म्याग्दी। जोमसोम–कागबेनी सडक कालोपत्र गर्न सुरु गरिएको छ। मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनी जोड्ने सडक कालोपत्र गर्न सुरु गरिएको हो।
तेह्र किलोमिटर लामो जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गर्न सुरु गरिएको छ। । जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न २०७८ असोज ४ गते रौताह–आत्रेय जेभीले २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
चालु आर्थिक वर्षभित्र नै जोमसोमदेखि कागबेनी खण्डमा कालोपत्र सक्नेगरी तयारी गरिएको निर्माण कम्पनीको भनाइ छ।