बुटवल। रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा युक्रेनको वोइङ जहाज पार्किङ भएको छ। मंगलबारदेखि विमानस्थलमा जहाज पार्किङ भएको हो।
गौतमबुद्ध विमानस्थलले विमान जेठ १३ गते विमान भैरहवाबाट काठमाडौं हुँदै स्वदेश फर्किने बताएको छ। लिबियामा शान्तिस्थापनाका लागि नेपाली शान्ति सैनिक लिएर नेपाल आएको र काठमाडौंमा पार्किङ समस्या र चार्ज पनि तिर्नुपर्ने हुनाले भैरहवा ल्याइएको बताइएको छ।