दाङ। घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा चार लेनको पक्की पुल निर्माण गर्न थालिएको छ। निर्माण कम्पनीले पुल डिजाइनको काम सकेर पूर्वाधार निर्माणको काम सुरु गरेको हो।
पुल चार लेनमा ७० मिटर लम्बाइ र २०.५ मिटर चौडाइको हुनेछ ।
पुल निर्माण कार्य २०८३ साल वैशाख ३० गतेभित्र सक्ने गरी २०८० साल वैशाख ३० गते रायमाझी निर्माण सेवा प्रालि काठमाडौँसँग सम्झौता भएको थियो। सम्झौता अनुसार कम्पनीले डिजाइनको काम सकेर निर्माण कार्य सुरु गरेको जनाएको छ।