काठमाडौं। पोखरामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सडक महोत्सवको आयोजना गरिने भएको छ। २३औं सस्करणको पोखरा सडक महोत्सव २०७८ आगामी पुस १५ गतेदेखि पोखरामा हुने भएको हो।
‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने उद्देश्यका साथ विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन गरी महोत्सव गर्न लागिएको हो।
स्वास्थ्य मापदण्डलाई पालना गर्दै, पोखरा खुल्दैछ भन्ने सकारात्मक सन्देश प्रवाह गरी पर्यटन सडक महोत्सव हुने भएको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।
कार्यक्रमको शोभा बढाउन आयोजक समितिले विभिन्न किसिमका आकर्षणहरुको व्यवस्था गरिएको बताइएको छ।
अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थलको रुपमा सडक महोत्सवले पोखराको प्रवद्र्धन गर्दै आएको छ। महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, डुंगा दौड, ह्वील चेयर दौड, वेटर रेस, टग अफवार लगायतका खेलकुद प्रतियोगितासमेत सञ्चालन हुने आयोजकले जनाएको छ।