काठमाडौं। चार महिनापछि नागरिक उड्डयन प्राधिकरणको बजेट आज पारित हुने भएको छ। कुल ४१ अर्ब ७६ करोड रुपैयाँ मध्ये ३२ अर्ब रुपैयाँ प्राधिकरणको पुँजीगत खर्चका लागि छुट्याइएको वित्तीय विभागले जानकारी दिएको छ।
आज दिउँसो ४ बजेको बोर्ड मिटिङमार्फत बजेट पारित गर्ने योजना रहेको छ। उड्डयन मन्त्री आलेको सहभागितामा बजेट पारित हुने जनाइएको छ। आज बजेट पास भएलगत्तै पर्सि बोर्ड सदस्यको स्वीकृति लिइने योजना रहेको छ। त्यस लगत्तै प्राधिकरणअन्तर्गतका नियमित कामहरु फटाफट सुरु गरिने भएको छ। पारित बजेट अन्तर्गत एयरपोर्ट विस्तारलाई प्राथमिकतामा राख्ने जनाइएको छ।
यसैगरी उड्डयन मन्त्री प्रेम बहादुर आलेले जिम्मेवारी लिएसँगै प्राधिकरणले यत्तिबेला धनगढी, डोटी, डडेलधुरा, महेन्द्रनगर, रुकुम लगायतका विमानस्थल विस्तार गर्ने योजना बनाएको छ।