काठमाडौं। काठमाडौं–तराई/मधेश द्रुतमार्ग अन्तर्गत धेद्रे सुरुङमा रहेका जोडी सुरुङको छेडिएको छ। शुक्रबार रक्षामन्त्री हरिप्रसाद उप्रेती, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मालगायतको उपस्थितिमा सुरुङ मार्ग छिचोलिएको हो ।
मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधिन धेद्रे सुरुङमार्गको जोडी सुरुङको लम्बाई १६ सय ६३ मिटर रहेको छ।
यसअघि ४ जेठका दिन काठमाडौंबाट निजगढतर्फ जाने सुरुङ छिचोलिएको थियो । द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नम्बर २ मा यो सुरुङ रहेको छ ।