गोरखा। सडक बाटो खुलेको करिब २८ वर्षपछि गोरखाको खारखोलादेखि जोहिडिहिसम्मको सडक कालोपत्रे गरिएको छ।
२०५३ मा तत्कालीन मिरकोट गाबिसको पहलमा मार्ग खुलेको खारखोला–जोहिडिहि सडक संघिय बजेटबाट यसै वर्ष कालोपत्र र ढलान गरि स्तरोन्नति गरेको हो।
सडक कालोपत्र भएपछि पालुङटार नगरपालिका वडा नम्बर १ र १० मा रहेका बसोबास गर्ने स्थानीय बासिन्दाहरु लाभान्वित भएका छन् ।
जोहिडिहिबाट खारखोलासम्म पुग्न २० मिनेट लाग्ने गरेकोमा अहिले ५ मिनेटमा पुग्न सकिने भएको छ । सडक कालोपत्रे भएपछि आवतजावत, कृषि उपज निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी, विद्यार्थीलाई विद्यालय जान, बिरामीलाई अस्पताल पुग्न सहज भएको स्थानीयको भनाइ छ।