काठमाडौं। नेपालमा गणतन्त्र स्थापनापछि हालसम्म देशभर एक हजार छ सय पुल निर्माण भएको छ। देशभर रहेको तीन हजार तीन सय ३३ पुलमध्ये एक १६ सय पुल गणतन्त्रपछि बनेको सडक विभाग अन्तर्गतको पुल महाशाखाले जनाएको हो।
नेपाली इन्जिनियरको डिजाइनमा दुधकोशी नदीमा १२० मिटर लामो ‘सस्पेन्सन ब्रिज’, मुग्लिनस्थित चितवन–तनहुँ जोड्ने त्रिशूली नदीमा एउटै स्पानको १२० मिटर लामो देशकै पहिलो ‘आर्च’ पुल निर्माण भएको छ ।
दाङको सिसनिया–गढवा राप्ती नदीमा ८६५.४२ मिटरको नेपालकै दोस्रो लामो पुल निर्माण भएको छ । काठमाडौँको धोबीखोलामा नेपालकै पहिले ‘नेटवर्क आर्च’ पुल निर्माण भएको छ । सोही अवधिमा पूर्वपश्चिम राजमार्ग अन्तर्गतको २२५ मिटर लामो रातुखोला पुल, चार सय मिटर लामो मरिण खोला पुल, ३५० मिटर लामो भेरी नदीको पुल निर्माण गरिएको छ ।
यी पुलको निर्माणमा प्रिस्ट्रेस, आर्क, सस्पेन्सन ब्रिज जस्ता नयाँ प्रविधिको प्रयोग गरिएको छ । गोरखापत्रबाट