गोरखा। गोरखाको धार्चे गाउँपालिकाको माछी खोला न्याकचेत सडक अवरुद्ध भएको छ। आइतबार धार्चे गाउँपालिका–१ यारु बगरमा सुख्खा पहिरो गएकाले सडक अवरुद्ध भएको हो।
अहिले पहिरो गएको स्थानमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासीहरूको सहयोगमा पहिरो हटाउन पहल भइरहेको बताइएको छ।
ठुलो आवाजमा भीषण पहिरो जाँदा कुहिरो मण्डलले गाउँ नै धुलम्मै भएर गाउँका मानिसहरू नै त्रसित भएको स्थानीयले बताए। यारुमा भीषण पहिरोले उत्तरी गोरखामा यात्रा गर्ने यात्रुहरू अप्ठ्यारोमा पर्ने भएकाले तत्काल हटाउन प्रयास गरिएता पनि झन्डै सय मिटर सडक नै पहिरोले लगेकाले त्यसलाई बनाउन कति दिन लाग्ने यकिन नभएको प्रहरीले जनाएको छ।