गोरखा। उत्तरी गोरखा जोड्ने बेनिघाट–आरुघाट-आरखेत–लार्के सडकखण्ड सुक्खा पहिरो खसेर आज अवरुद्ध भएको छ । दिउँसो धार्चे गाउँपालिका–३, उहियाँस्थित यारु नजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको हो।
पहिरो सडकमा खसेपछि उत्तरी गोरखा जाने एक मात्र सडकखण्ड पूर्णरुपमा बन्द भएको धार्चे गाउँपालिकाले जनाएको छ। पहाडको माथिबाट ठूलो ढुङ्गा चोइटिएर बूढीगण्डकी नदी किनारसम्म पुगेको छ।’ पहिरो तत्काल हटाउन सकिने अवस्था नरहेको स्थानीयवासीले बताए।