काठमाडौं। वर्षाका कारण सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। सोमबार साँझदेखि परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको हो ।
मंगलबार बिहानको राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले निर्माणाधीन उक्त सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जानकारी दिए । अवरुद्ध सडकमा ट्रक फसेकाले त्यसलाई हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।