पाँचथर। पाँचथरको मिक्लाजुङ गाउँपालिकामा बुद्वको मूर्ति निर्माण भएको छ।
उक्त गाउँपालिकामा ५३ फिट अग्लो बुद्वको मूर्ति निर्माण भएको हो।
कोशी प्रदेश सरकारले ३ करोड रुपैयाँ लगानी गरेर सो बुद्व मूर्ति निर्माण गरेको हो। मूर्ति निर्माणका लागि १७ टन पितलको धातु प्रयोग भएको बताइएको छ ।
कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री तथा प्रदेश सभा सदस्य इन्द्रबहादुर आङबोले यो मूर्ति नेपालकै सबैभन्दा अग्लो र ठूलो भएको दाबी गरेका छन् ।