काठमाडौं। आगामी आर्थिक वर्षका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि करिब १२ अर्ब बजेट छुट्याइएको छ।
आज अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दै पर्यटन मन्त्रालयलाई ११ अर्ब ९१ करोड बजेट विनियोजन गरेका हुन्। सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य समेत लिएको छ ।
त्यसैगरी सरकारले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका लागि ७ अर्ब ३५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।