काठमाडौं। काठमाडौं–तराई मधेश द्रुतमार्ग सडक आयोजनालाई सरकारले आगामी आवमा प्राथमिकता दिएको छ। सरकारले आगामी आर्थिक वर्षका लागि काठमाडौं–तराई मधेश द्रुतमार्गलाई २२ अर्ब ५४ करोड बजेट विनियोजन गरेको छ।
महादेवटार, धेद्रे र लेनडाँडा सुरुङमार्ग निर्माण कार्य आगामी आवमा सम्पन्न गर्ने लक्ष्यसमेत सरकारले लिने भएको छ ।