नवलपुर। दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडक सञ्चालनमा आएको छ। बुधबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक मंगलबार दिउँसोदेखि एकतर्फी बनेको थियो।
दुईतर्फी सञ्चालनमा आएसँगै यातायात सहजरूपमा सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ।